सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

Advertisement

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

लघुवित्तले संस्थापक शेयरधनी प्रकाश थापा मगरको नाममा रहेको ७ हजार ६३४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । 

Advertisement

यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । यसअघि संस्थाले संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा ल्याए पनि कसैले नकिनेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो । 

इच्छुक लगानीकर्ताले आजका मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी नगरपालिका ४ ललितपुर वा शेयर रजिस्ट्रार कुमारी क्यापिटल नक्साल, नागपोखरीमा काठमाडौंमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । 

शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने लघुवित्तले जनाएको छ । 

Advertisement

Advertisement