काठमाडौं । बहुप्रतिक्षित एप्पलका नयाँ आइफोन आज सार्वजनिक हुँदैछन् । यो इभेन्टलाई कम्पनीले ‘इट्स ग्लोटाइम’ नाम दिएको छ ।
आइफोन १६ सिरिजमा पहिलोपटक एआई फिचरका चार मोडेल आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रोम्याक्स सार्वजनिक हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् ।
सार्वजनिक हुन लागेका आइफोन १६ प्रो, आइफोन १६ प्रोम्याक्सको डिस्प्ले साइज पनि केही परिवर्तन हुने बताइएको छ ।
आइफोन १६ मा ६.१ इन्च ओएलईडी डिस्प्ले, १२ मेगापिक्सल फ्रन्ट क्यामेरा तथा ४८/१२ एमपी रियर क्यामेरा हुनेछ । त्यस्तै, ८/१२८, ८/२५६ र ८/५१२ र्याम स्टोरेजमा उपलब्ध हुनेछ ।
त्यसैगरी आइफोन १६ प्लसमा ६.३ इन्च ओएलईडी डिस्प्ले, १२ मेगापिक्सल फ्रन्ट क्यामेरा तथा ४८/१२ एमपी रियर क्यामेरा हुनेछ । त्यस्तै, ८/१२८, ८/२५६ र ८/५१२ र्याम स्टोरेजमा उपलब्ध हुनेछ ।
त्यस्तै, आइफोन १६ प्रोमा ६.३ इन्च ओएलईडी डिस्प्ले, १२ मेगापिक्सल फ्रन्ट क्यामेरा तथा ४८/१२ एमपी रियर क्यामेरा हुनेछ । त्यस्तै, ८/२५६ र ८/१ टिबी र्याम स्टोरेजमा उपलब्ध हुनेछ ।
साथसाथै, आइफोन १६ प्रोम्याक्समा ६.९ इन्च ओएलईडी डिस्प्ले, १२ मेगापिक्सल फ्रन्ट क्यामेरा तथा ४८/१२/४८ मेगापिक्सल रियर क्यामेरा हुनेछ । यो फोन, ८/२५६, ८/५१२ र ८/१ टिबी र्याम स्टोरेजमा उपलब्ध हुनेछ ।
उल्लिखित कुनै पनि मोडलको मूल्य भने तोकिइसकेको छैन ।
साथै, कम्पनीले एप्पल वाच सिरिज १० र इयरपड्स पनि सार्वजनिक हुन सक्ने अनुमान गरिएको छ ।