काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज (सोमबार) १३ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल बोलकबोल गर्दैछ ।
कार्यालयका अनुसार सोमबार २८ दिन अवधिको ५ अर्ब रुपियाँबराबरको नयाँ तथा ८ अर्ब ५० करोड रुपियाँबराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल हुन लागेको हो ।
बोलकबोलमा आजै बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ ।
आजबोलकबोल हुने ट्रेजरी बिल मंगलबार (भोलि) निष्कासन हुने कार्यालयले जनाएको छ ।
बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको हो । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।