काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार कित्ता संस्थापक शेयर बिक्रीका लागि राखेको छ ।
बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । तर कोही पनि किन्न अनिच्छुक देखिएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
यस शेयरमा जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न सक्नेछन् ।
इच्छुक लगानीकर्ता आजका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले के कति कित्ता लिन चाहेको हो सोको विवरण खुलाई आवेदन दिनुपर्नेछ ।