पर्यटन बोर्डका पूर्व सीईओ रेग्मीले हाले जोशीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त सीईओ दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सीईओका अर्का दाबेदार तथा पूर्व सीईओ डा.धनञ्जय रेग्मीले जोशीको नियुक्ति विरुद्ध मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् । 

Advertisement

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको थियो ।

Advertisement

Advertisement