बैंकिङ प्रणालीबाट आज ४० अर्ब तरलता तान्दै केन्द्रीय बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको हो । 

२१ दिनका लागि प्रशोचन गर्न लागिएको तरलताका लागि आज नै सार्वजनिक बोलकबोल हुने र आज नै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बोलकबोलमा भाग लिन दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।

Advertisement

पछिल्लो समय कर्जा मागमा संकुचन आउँदा बैंक तथा वित्त संस्थामा ७ खर्ब हाराहारी लगानी योग्य पुँजी (तरलता) थुप्रिन पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार भदौ २४ गतेसम्म ६४ खर्ब ८४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ५२ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् । 
निक्षेपको ठूलो रकम लगानी हुन नसकेपछि केन्द्रीय बैंकले निरन्तर निक्षेप संकल उपकरणको माध्ययमबाट तरलता प्रशोचन गरिरहेको छ । यसैको निरन्तरता पछिल्लो पटक केन्द्रीय बैंकले ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । 

बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने यसको ठिक उल्टो पर्याप्त तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलको माध्ययमबाट तरलता प्रशोचन गर्ने गर्छ ।  

Advertisement