हिमालयन बैंकको ४ लाख २८ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ४ लाख २८ हजार ५४० कित्ता शेयर बिक्रीमा राखेको हो । 

Advertisement

बैंकका अनुसार यो शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । 

शेयर खरिद गर्न इच्छकु संस्थापक शेयरधनीले आजका मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

शेयरको मूल्य फरकफरक राखिएकाले थप जानकारीका लागि बैंकमा सम्पर्क गर्न भनिएको छ ।

३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिने अन्य व्यक्ति वा संस्थालाई बेचिने पनि कम्पनीले जनाएको छ । 

 

Advertisement

Advertisement