काठमाडौं । सिद्धार्थ क्यापिटलले तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको छ ।
संस्थाले असोज १८ गते आफ्नो कार्यालय नारायणचौर नक्सालमा दिउँसो ३.३० मा बस्ने गरी सभा आह्वान गरेको छ ।
सभाले सञ्चालक समितिका तर्फबाट गत आवको वार्षिक प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, वार्षिक नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका विवरणमाथि छलफल, चालू गरी पारित गर्नेछ ।
त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण, गत आवको मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत (करसहित) नगद लाभांश प्रदान गर्न सञ्चालक समितिलेको गरेको प्रस्ताव पनि सभाले पारित गर्ने एजेन्डा छ ।
त्यसैगरी सभाले गत आवमा संस्थागत सामाजिक उत्तरदायित्त्वअन्तर्गत खर्च गरिएको रकम पारित गर्नुका साथै सञ्चालकहरूको भत्ता पनि वृद्धि गर्नेछ ।