काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक समूहको ३५ हजार ५३४ कित्ता शेयर बिक्रीका लागि राखेको छ ।
बैंकले प्रतिस्पर्धात्मक मूल्यमा बेच्ने गरी सो बिक्रीमा ल्याइएको उक्त शेयर जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक जोकोहीले आज (भदौ २७ गते) देखि असोज २ गतेसम्म गोप्य शिलबन्दी आवेदन पेस गर्नुपर्नेछ । बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो ।
बोलपत्र पेस गर्दा संस्थापकतर्फ सबै कित्ताका लागि आवेदन दिनुपर्नेछ । आवेदन प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौंमा बुझाउन सकिनेछ ।
बोलपत्र असोज ४ गते बिहान ११ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने बैंकले जनाएको छ ।