निगमको वाइडबडी जहाज ‘सि चेक’ पछि काठमाडौं आइपुग्यो

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज नियमित ‘सि चेक’ को मर्मत पश्चात् इटालीबाट काठमाडौ आइपुगेको छ ।

निगमको 9N- ALY (अन्नपूर्ण) नियमित सि चेकको मर्मत पश्चात् नियामक निकायको बिधिसम्मत प्रकृयाहरु पूरा गरि आज बिहान ८ः३६ बजे काठमाडौंमा अबतरण गरेको निगमले जनाएको छ । 

Advertisement

निगमका अनुसार लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ ओटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने विश्वास गरिएको छ ।

३० दिनमा सि–चेक गरेर काठमाडौं आइपुग्नुपर्ने वाइडबडी जहाज ८० दिनपछि बल्ल काठमाडौं आई पुगेको हो ।

एयरलाइन्सका अनुसार निगमको वाइडबडी एयरबस–३३० जहाजको सम्पूर्ण मर्मत ‘सि–चेक’ गरेर दुबई हुँदै आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । 

नेवानिको व्यवस्थापनले वाइडबडीको सि–चेकको जिम्मेबारी इटालीयन कम्पनी एटिटेक एसपिए कम्पनीलाई सुम्पिएको छ । सो कम्पनी सि–चेकमा ढिलाइ गरिएपछि मर्मत गरेर फर्किन बढी समय लागेको निगमले जनाएको छ ।

Advertisement