काठमाडौं । एनआईशी एशिया बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले सूर्यज्योति लाइफ इन्स्योरेन्समा रहेको आफ्नो स्वामित्वको ८ लाख १ हजार ४७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
न्यूनतम मूल्य प्रतिकित्ता रु २०८ तोकिएको यो शेयर हाललाई सूर्यज्योतिका संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।
इच्छुक शेयरधनीले आजका मितिले ३५ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर, थापाथली काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर उल्लेख गरी गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।
तोकिएको समयमा शेयर नबिके अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।