हाथवे इन्भेष्टमेन्टले घोषणा गर्यो १०.५६ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले शेयरधनीहरुका लागि १०.५६ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आज २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुधा अर्यालले जनाएकी छिन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २८ करोड ७० लाख रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement