आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षा, तराईमा हावाहुरी चल्ने

Advertisement

काठमामाडौं । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। 

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली भई धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

Advertisement

बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ । 

त्यस्तै, कोशी प्रदेशको तराई भू–भागका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । 

त्यसैगरी राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विभागका अनुसार कोशी प्रदेशका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । 

कोशीका एक–दुई स्थानमा भारी वर्षा हुनुका साथै तराई भू–भाग तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने विभागको पूर्वानुमान छ । 

Advertisement

Advertisement