काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्रीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यद्यपि, शेयरको मूल्य भने तोकिएको छैन ।
यो शेयर जोकोही व्यक्ति वा संस्थाले किन्न पाउनेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले एक हप्ताभित्र आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले के कति कित्ता शेयर गर्ने हो सोको विवरण खुलाई आवेदन दिनुपर्नेछ ।
बैंकले यसअघि ३५ दिने सूचना प्रकाशित गरी संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर शेयर बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरेको हो ।