नेशनल लघुवित्तको ५४ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

Advertisement

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । 

लघुवित्तले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ५३ हजार ९१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

Advertisement

लघुवित्तले यसअघि संस्थापकले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा राखेको थियो । तर ३५ दिनभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्री खुला गरिएको हो ।

इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजातसहित ७ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा–१० काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।

Advertisement

Advertisement