हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ

Advertisement

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छिन् ।

कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त सीईओ रहेकी श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यससम्बन्धी सम्झौतामा दुवै पक्षले हस्ताक्षर गरेका छन् ।​

Advertisement

श्रेठ आगामी असोज १८ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि सीईओ बन्नेछिन् । 

कम्पनीले गत असार १३ गते सीईओ विजयबहादुर शाहलाई सञ्चालक समितिको बैठकले पदमुक्त गरेको थियो । त्यसपछि श्रेष्ठलाई निमित्त सीईओको जिम्मेवारी दिइएको थियो।

साबिक हिमालयन जनरल इन्स्योरेन्सबाट निर्जीवन बीमा व्यवसायमा करिअर सुरु गरेकी श्रेष्ठसँग पुनर्बीमा सम्झौता र पुनर्बीमा दाबीको क्षेत्रमा लामो अनुभव छ । 

Advertisement

Advertisement