लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । एभरेष्ट बैंकको ३०औं वार्षिक साधरण सभा असोज २० गते हुने भएको छ । 

उक्त साधारण सभाले सञ्चालक समितिले यसअघिनै घोषणा गरेको ५.५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर पारित गर्नेछ । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८ सय ८० रुपियाँ छ । 

यसैक्रममा साधारण सभा प्रयोजनका लािग असोज ८ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव सुरेश चापागाईंले जनाएका छन् । 
 

Advertisement