काठमाडौं । कृषि विकास बैंकले असोज महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर घटाएको छ ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ ।
बैंकले यसअघि भदौमा व्यक्तिगततर्फ ६.६५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।
त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.७६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
त्यस्तै, रेमिट्यान्स खातामा ७.०७२२ ब्याजदर दिनेछ ।