काठमाडौं । प्रभु बैंक लिमिटेडले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले असोज १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरेको नयाँ ब्याजदर भदौ महिनाकै हो ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर दिनेछ । भदौमा यही ब्याजदर कायम थियो ।
त्यस्तै, बैंकले असोजमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ, जुन भदौमा पनि कायम थियो ।