काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका कुल २० वटा वाणिज्य बैंकमध्ये ९ वटा बैंकले असोजका लागि ब्याजदर घटाएका छन् भने नाैवटाले स्थिर राखेका छन् । त्यस्तै, २ वटाले भने बढाएका छन् ।
भदौको तुलनामा ब्याजदर घटाउनेमा नेपाल एसबीआई, एनआईशी एशिया, एभरेष्ट बैंक तथा एनएमबि बैंक रहेका छन् । त्यस्तै, कुमारी बैंक, प्राइम कमर्सियल, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक र सानिमा बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपमा ब्याज घटाएका छन् ।
यता, ९ बैंकले चाहिँ अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
योसँगै बैंकहरूको औसत ब्याजदर पनि घटेको छ । भदौमा ६.३९८ प्रतिशत विन्दु रहेको बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर, असोजमा आइपुग्दा थप ०.१३ प्रतिशत विन्दुले घटेर ६.५२ प्रतिशत विन्दुमा झरेको छ ।
यी बैंकको ब्याजदर स्थिर
ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, कुमारी बैंक रहेका छन् । त्यसैगरी सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज, सिटिजन्स बैंक, हिमालयन बैंकले पनि असोजका लागि ब्याजदर स्थिर राखेका छन् ।