काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तीय वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । यद्यपि, संस्थाले कति कित्ता बिक्रीमा राखिएको हो सो खुलाएको छैन ।
यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आजका मितिले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफूले लिन चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ ।