नेपाल एयरलाइन्सको उडान रद्द भएपछि दुबई विमानस्थलमा यात्रुहरुको बिचल्ली

Advertisement

काठमाडौं । नेपाल आउन लागेका यात्रुहरु तीन दिनदेखि दुबई विमानस्थलमा बिचल्लीमा परेका छन् । 

विमानस्थलमा यसरी जहाजको पखाइमा रहँदा र उडान समयमा नहुँर्दा छुट्टी मनाउन आउन लागेका नेपालीहरुको बिचल्ली भएको हो । साथै काठमाडौं आएर विभिन्न गन्तव्यमा जान काटेको हवाई टिकट पनि रद्द भएको पीडित यात्रुहरुको गुनासो छ । 

Advertisement

दुबई विमानस्थलमै जहाजको पखाइमा रहेका एक यात्रुले भने, हामी तीन दिनदेखि विमानस्थलमै जहाजको पर्खाइमा छौं । दशैं छुट्टी लिएको पनि तीन त विमानस्थल मै बित्यो । काठमाडौंबाट विराटनगर घर परिवारसँग दशैं मनाउन काटेको हवाई टिकट पनि रद्द भइसकेको छ ।’

‘हामीले नेपालकै जहाजमा नेपाल जाउ भन्दा पनि यसरी दुःख पाउनु परेको छ । यसरी दुःख पाउँदा पनि नेपाल सरकारले किन नेपाल एयरलाइन्सलाई प्रश्न गर्दैन ?’ उनले भने । 

उनका अनुसार विमानस्थलमा शनिबारदेखि सोमबार सम्म करिब डेड सय यात्रुहरु जहाजको पर्खाइमा छन् । शनिबार उडनु पर्ने जहाज त्यो पनि रद्द भयो, आइतबारको उडान पनि रद्द र सोमबारको उडान पनि रद्द हुँदा यात्रुहरु मारमा परेका उनको भनाइ छ । 

विदेश जाँदा पनि दुःख नेपाल आउन पनि त्यतिकै दुःख–उनले सुनाए । 

नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार हिजो राति साढे ११ बजे उडान गर्नुपर्ने वाइडबडी जहाज आज बिहान साढे ६ बजे काठमाडौंबाट दुबई उडेको छ । आज बिहानको न्यारोबडी जहाजमा एक सय ५८ जना यात्रु काठमाडौं आइपुगेको ती अधिकारी जानकारी दिए ।  

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजमा केही प्राविधिक समस्याका कारण उडान रद्द गर्नु परेको हो । हाल त्यो समस्या हल भएर यात्रुहरु लिएर जहाज काठमाडौं आउने उनले बताए ।

Advertisement