पुनः हकप्रद निष्कासनको प्रस्ताव राखेर फ्ल्योर हिमालयनले डाक्यो साधारणसभा

Advertisement

काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडले २९औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

सभा, असोज २१ गते सोमबार दिउँसो २ बजे एलिस रेस्टुरेन्ट, पुलचोक ललितपुरमा बस्नेछ । 

Advertisement

सभाले अघिल्लो साधारणसभाबाट पारित १.५ दरको हकप्रद निष्कासन पुनः पारित गर्ने र सो कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । 

त्यस्तै, गत आर्थिक वर्षको सञ्चालक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण तथा वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह तथा सोका अनुसूची विवरण पारित गने एजेन्डा छ । 

सोही प्रयोजनका लागि कम्पनीले असोज १३ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । 


 

Advertisement