काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ ।
प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो ।
प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ ।
फन्डको योजना व्यवस्थापकमा प्रभु क्यापिटल रहेको छ ।