लक्ष्य पूरा गर्ने अभिकर्ताहरुसँग नेशनल लाईफले गर्यो ‘मिट द सीईओ’ कार्यक्रम

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ सम्पन्न गरेको छ ।

मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवम् शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागि सबै अभिकर्ताहरुलाई उनीहरुको लगन परिश्रमको कदर गर्दै  मायाको चिनो प्रदान गरेका थिए । 

Advertisement

स्किममा व्यवस्था भए अनुरुप अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो । सीईओ खत्रीले यस कार्यक्रममा छनौट हुने सम्पूर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरीय सम्मान गर्ने क्रममा मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम सम्पन्न गरिएको जानकारी गराए ।

समारोहमा सीईओ खत्रीले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ  स्किम ल्याइएको र नेपालभरबाट ३०० भन्दा बढी अभिकर्ताहरु छनौट भएको र  मधेश प्रदेशबाट मात्रै ३० जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यो योजना अत्यन्तै सफल भएको बताउँदै यस स्किममा जोडिने सम्पूर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे । 

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसमक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा विस्तृत रुपमा जानकारी गराउन पाएकोमा खुशी व्यक्त गरेका थिए । 

यस योजनाले अभिकर्ता र सीईओ दुबैलाई प्रत्यक्ष रुपमा जोडी अन्तरक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुबै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

Advertisement

Advertisement