आजको मौसम : सातै प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

Advertisement

काठमाडौं । मनसुनी वायुको प्रभाव कायमै रहेकाले ​हाल देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ ।

कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  

Advertisement

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो​ देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ ।

सबै प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 

कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।  देशका तराई भू-भागका केही स्थानमा हावा हुरीको चल्ने विभागको भनाइ छ ।

त्यसैगरी राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहनेछ । कोशी, बागमती, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने तराई भू-भागका केही स्थानहरूमा हावाहुरी चल्ने विभागले जनाएको छ ।

 

Advertisement

Advertisement