आजसम्म शेयरधनी बन्नेले पाउनेछन् यी ६ कम्पनीको प्रस्तावित लाभांश

Advertisement

काठमाडौं । छवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज (असोज १०) अन्तिम दिन हो । 

लाभांश वितरण प्रयोजनार्थ एनएमबि फिफ्टी, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ र नबिल ब्यालेन्स्ड फण्ड २ ले असोज ११ शुक्रबार बुक क्लोज गर्दैछन् ।

Advertisement

त्यस्तै, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि र साहस ऊर्जाले असोज १३ गते, आइतबार बुक क्लोज गर्दैछन् । 

यी सबै कम्पनीको बुक क्लोजअघिको अन्तिम कारोबार दिन आजै हो ।

गत आर्थिक वर्षको नाफाबाट एनएमबि ५० ले इकाइधनीलाई करसहित १५ प्रतिशत, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । 

त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ करसहित ५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड २ ले करसहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेका छन् । 

यता, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असोज २३ गते, बुधबार, अनमोल बैंक्वेट, शंखमुल, नयाँ बानश्वर, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १८.३८११ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ 

त्यसैगरी, साहस उर्जा लिमिटेडले कात्तिक ४ गते, आइतबार, कार्की ब्याङ्क्वेट, बबरमहल, काठमाडौँमा ४ आर्थिक वर्षको संयुक्त साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरको कर प्रयोजनार्थ ०.४२१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

Advertisement

Advertisement