काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको साधारणसभा एकैपटक आज (असोज २१ गते) बस्दै छ ।
सभाले आव २०८०/८१ को नाफाबाट ११ प्रतिशत बोसन शेयर प्रस्ताव गर्ने निर्णय गरेको छ । सोही प्रस्ताव पारित गर्न आज साधारणसभा बस्न लागेको हो ।
सभा, कालीमाटी ब्याङ्क्वेट, कालीमाटी काठमाडौंमा बिहान १० बजेदेखि शुरू हुनेछ ।
सभाले अघिल्लो दुई आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपियाँको ५४.५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
त्यस्तै, दुई आवको वार्षिक र लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ ।
सभा प्रयोजनार्थ कम्पनीले असोज ७ गते बुक क्लोज गरिसकेको छ । असोज ६ गतेसम्म कायम शेयरधनीले मात्र सभाामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।