त्रिभुवन विमानस्थलमा विदेशी सिमकार्ड पसल राख्न दिइने, ५ वर्षको भाडा ५ करोड

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी सिमकार्ड बिक्री पसल सञ्चालन गर्न बोलपत्र आह्वान गरिएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय गौचरले आधिकारिक विदेशी सिमकार्ड बिक्री पसल सञ्चालन गर्न दिन बोलपत्र आह्वान गरेको हो ।

Advertisement

अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फ चेक–इन एरिया ‘बी’ तर्फ नवनिर्मित चारवटा पसलमध्ये पसल नं ७ ले ओगटेको १२.४२ वर्गकिलोमिटर क्षेत्रफलमा सिमकार्ड पसल राख्न दिइनेछ । 

खुला प्रतिस्पर्धाको माध्यमबाट भाडामा दिइने भएकाले इच्छुक व्यक्ति, संस्था वा फर्मले आजका मितिले ३० दिनभित्र बोलपत्र पेस गर्नुपर्नेछ । ३१औं दिन मध्यान्ह १२ बजे बोलपत्र खोलिने कार्यालयले जनाएको छ । 

५ वर्षका लागि उक्त पसल सञ्चालनको भाडा ४ करोड ९१ लाख २० हजार १९५ रुपियाँ तोएिको छ । 


 

Advertisement

Advertisement