अलपत्र परेका पर्यटकहरुको उद्धारका लागि सेनाको हेलिकप्टर परिचालन गर्न टानको आग्रह

Advertisement

 

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले रक्षामन्त्री मानवीर राईलाई सेनाको हेलिकप्टर परिचालनको प्रस्थाप राखेका छन् । 

Advertisement

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई पनि टानले हाल पर्यटनको मुख्य सिजन चलिरहेको बेला हवाई उडानहरुको व्यवस्थापनमा सहजिकरण गरिदिन आग्रह गरेको टानका वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पाले जानकारी दिए । 

आइतबार रक्षामन्त्री र पर्यटनमन्त्रीलाई भेटी पर्यटकहरुको सहजिकरणका लागि आफूहरुले आग्रह गरेको शेर्पाले बताए । 

उक्त भेटघाटमा रक्षामन्त्री राईलाई मौसम खराब हुँदा लुक्ला अथवा देशका विभिन्न क्षेत्रमा विदेशी पर्यटकहरु अड्किनु पर्दा उनीहरुलाई उद्धार गर्नका लागि सेनाको हेलिकप्टर परिचालन गर्नको लागि प्रस्थाप राखेका उनले जानकारी दिए । 

रक्षामन्त्रीले पनि आफूहरुको प्रस्तावलाई सकारात्मक रुपमै लिएको र पर्यटकहरुको उद्धाको लागि के गर्नुपर्छ गर्ने बताएको शेर्पाले बताए ।

 
undefined

Advertisement

Advertisement