ललितपुर । रिटर्नी फेडेरेसन नेपालले गोदावरी नगरपालिकाको लेलेमा पहिरोबाट बेघरबार भएका ४ घरपरिवारमा राहत वितरण गरेको छ । फेडेरेसनको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठको अगुवाईमा डिहि गाँउ क्षेत्रको प्रत्यक्ष भ्रमण गरेको केन्द्रीय टोलीले राहत वितरण गरेको हो ।
सो पहिरोमा परि गोदावरी गरपालिका वडा नं ५ मा घरबाट भाग्ने क्रममा २५ वर्षिय सबिता महतको ज्यान गएको थियो । मृतकको श्रीमान हरि महत भने घाईते भएका थिए । उनको १३ महिनाको शिशु र आमाको घटनाबाट मुश्किलले ज्यान बाचेको छ । घर पुर्ण क्षति भई आफन्तकोमा शरण लिएको अवस्थामा रिटर्नी फेडेरेसनका केन्द्रीय टोलीले उहाहरुलाई चामल, दाल, चिउरा, ब्लान्केन्ट, खाने तेल, कपडा लगायतको सामाग्री हस्तान्तरण गरको हो ।
रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा. कृष्ण केसीले घटना धेरै बिभत्स भएको र धेरै घरपरिवारमा पहिरोले अपुरणिय क्षति पुर्याएको बताएका छन् ।
रिटर्नी फेडेरेसन नेपालका अध्यक्ष उत्तम अधिकारीले दुःखको बेला घटनास्थलको अवलोकनको लागि स्थानीय रिटर्नीहरुसंग आएको बेला केही सामाग्री वितरण गरेको बताएका छन् । हृदयविदारक अवस्थामा अप्ठ्यारो अवस्थाको साथीको रूपमा संगठनका सदस्यहरुसङ्ग संकलन गरिएको रकमबाट खाधान्न र लत्ताकपडासहित सो क्षेत्रको अवलोकन समेत गरेको उनले बताए ।
घटनास्थलको अवलोकन र केही राहत समेत वितरण गर्न केन्द्रीय पदाधिकारी , बाग्मती प्रदेश र ललितपुर जिल्लाको समन्वयमा रिटर्नी फेडेरेसनबाट स्वयंसेवकको रूपमा केन्द्र र प्रदेशका पदाधिकारीहरु सो क्षेत्रमा पुगि घरबार बिहिन भैइ अरुको सहारामा बाच्नुपर्ने अवस्थामा पुगेकालाई सहयोग प्रदान गरिएको फेडेरेसनका बाग्मती प्रदेश अध्यक्ष हेम राईले जानकारी दिए ।
राहत बितरणका लागि उक्त स्थान जाने क्रममा धेरै स्थानमा ठूलो क्षति भएको पाइएको छ । यसैगरि पहिरोले क्षति पुर्याएको रुपेश सिलवाल र दिपेश सिलवालको २ परिवार र सन्तोष सिलवालको परिवारलाई फेडेरेसनको तर्फबाट राहत सामाग्री हस्तान्तरण गरिएको ललितपुर जिल्ला सचिव रामकृष्ण श्रेष्ठले बताए ।
यसअघि असोज १५ गते बसेको रिटर्नी फेडेरेसन नेपालको सचिवालय बैठकले प्रकोपले क्षति पुर्याएका हरेक प्रदेशमा आवश्यकता अनुसार अप्ठ्यारोमा परेकाको उद्धारमा जुटन आग्रह गरेको थियो । रिटर्नी फेडेरेशन नेपालले प्राकृतिक प्रकोपबाट पिडितहरुको यथासिघ्र राहत र पुनर्निमाणमा सहयोग गर्न सरकारसंग माग गरेको फेडेरेसनका प्रचार विभाग प्रमुख खेम कार्कीले जानकारी दिए ।