यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर एक सय ३४ रुपियाँ सात पैसा र बिक्री दर एक सय ३४ रुपियाँ ६७ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिद दर एक सय ४७ रुपियाँ ११ पैसा र बिक्री दर एक सय ४७ रुपियाँ ७७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७५ रुपियाँ ३३ पैसा र बिक्री दर एक सय ७६ रुपियाँ ११ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर एक सय ५६ रुपियाँ ५२ पैसा र बिक्री दर एक सय ५७ रुपियाँ २२ पैसा कायम गरिएको छ । 

Advertisement

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपियाँ र बिक्री दर ९१ रुपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपियाँ ६८ पैसा र बिक्री दर ९९ रुपियाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय दुई रुपियाँ ८५ पैसा र बिक्री दर एक सय तीन रुपियाँ ३१ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिद दर नौ रुपियाँ तीन पैसा र बिक्री दर नौ रुपियाँ सात पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपियाँ १० पैसा र बिक्री दर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपियाँ ६९ पैसा र बिक्री दर ३५ रुपियाँ ८५ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपियाँ ७८ पैसा र बिक्री दर ३६ रुपियाँ ९५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिद दर चार रुपियाँ एक पैसा र बिक्री दर चार रुपियाँ तीन पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपियाँ ५० पैसा र बिक्री दर ३६ रुपियाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३१ रुपियाँ ३० पैसा र बिक्री दर ३१ रुपियाँ ४४ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर नौ रुपियाँ ९६ पैसा र बिक्री दर १० रुपियाँ एक पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपियाँ ९३ पैसा र बिक्री दर १२ रुपियाँ ९९ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपियाँ ७३ पैसा र बिक्री दर १९ रुपियाँ ८२ पैसा तोकिएको छ । 

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिद दर १७ रुपियाँ २६ पैसा र बिक्री दर १७ रुपियाँ ३४ पैसा, कुवेती दिनार एकको खरिद दर चार सय ३७ रुपियाँ ५७ पैसा र बिक्री दर चार सय ३९ रुपियाँ ५२ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५५ रुपियाँ ५७ पैसा र बिक्री दर तीन सय ५७ रुपियाँ १६ पैसा तथा भारतीय रुपियाँ एक सयको खरिद दर एक सय ६० रुपियाँ र बिक्री दर एक सय ६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Advertisement

Advertisement