काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोको साधारण शेयरको ‘लक इन’ हिजो (२१ असोजबाट) समाप्त भएको छ ।
कम्पनीका संस्थापकतर्फको २८ लाख, स्थानीय बासिन्दाको ४ लाख र कर्मचारीको १६ हजार गरी कुल ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक इन’ सकिएको हो ।
‘लक इन’ सकिएपछि शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ ।
कम्पनीले संस्थापक, आयोजना प्रभावित बासिन्दा तथा कर्मचारीलाई आईपीओ निष्कासन गरी २०७८ असोज २२ गते बाँडफाँट गरेको थियो ।
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम सर्वसाधारणलाई शेयर जारी गरेको मितिदेखि ३ वर्षसम्म संस्थापक शेयरधनीले धारण गरेको शेयर, कर्मचारीहरूलाई बाँडफाँट गरिएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।