सुन धितोमा अब ५० लाख भन्दा बढी कर्जा नपाइने

Advertisement

काठमाडौं । सुन धितो राख्दा अब ५० लाख रुपियाँ भन्दाबढी कर्जा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । 

निर्देशनको बुँदा नम्बर ५ मा थप व्यवस्था गर्दै केन्द्रीय बैंकले सुन धितो कर्जाको एक ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन । 

Advertisement

कुनै व्यक्तिलाई सुनचाँदी धितो कर्जा प्रवाह गर्दा त्यस्तो ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी जाँच गरी कर्जा सुरक्षित रहेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ ।

यसरी कर्जा प्रवाह गर्दा ऋणीले धितोस्वरुप दिएको सुन वा चाँदी एउटै थैलीमा राखिएको हुनुपर्नेछ । तथाकथित कुनै ऋणीले दिएको एकभन्दा बढी थैलीहरु वा एकभन्दा बढी थैलीहरु राखिएको एउटा थैलीमात्र धितो राखी वा सुनचाँदीको परीक्षण जाँच नगरी सुनचाँदी धितो कर्जा प्रवाह भएमा त्यस्तो कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था रहेको छ । 
 

Advertisement

Advertisement