काठमाडौं । तेजन गुरुङले विश्वको चौधौ अग्लो हिमाल शिशपाङ्माको सफल आरोहण गरेका छन् ।
उक्त हिमालको सफल आरोहणसँगै उनी विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा शिखरहरु चुम्ने पहिलो आरोही बन्न सफल भएका छन् ।
उनले आज बिहान नेपाली समय अनुसार ५ बजे शिशपाङ्मा हिमालको चुचुरोमा पाइला टेक्न सफल भएको क्लाइम्बलया टेक्स एण्ड एक्सपेडिशन कम्पनीका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए ।
उनका अनुसार गुरुङले उक्त हिमालको सफल आरोहणसँगै विश्वका आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिमालहरु चुम्ने गुरुङ सामुदायबाट पहिलो आरोही बन्न सफल भएका छन् ।
गुरुङ पोखराका पूर्व ब्रिटिश सेनाका कमाण्डो हुन् । १९९५ मा जन्मिएका गुरुङले २०२२ को मे २७ तारिखका दिन सगरमाथाको आरोहणबाट आफनो हिमाल यात्रा सुरु गएका थिए ।