काठमाडौं । ग्लोबल आईएमई बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेको छ ।
बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी विभिन्न खातामा ब्याजदर स्थिर राखेको हो ।
बैंकले असोजमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याज दिएको थियो । सोही ब्याजदर कात्तिकका लागि पनि यथावत् रहने बैंकले जनाएको छ ।
त्यस्तै, साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ३.५० प्रतिशत ब्याजदर तोकेको छ भने ग्लोबल रेमिट बचत खातामा भने ४.५० प्रतिशत ब्याज प्रदान गर्नेछ ।