नबिल बैंकले घटायो ब्याजदर

Advertisement

काठमाडौं । नबिल बैंकले कात्तिक महिनाका लागि ब्याजदर घटाएको छ । 

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ ब्याजदर प्रदान गर्नेछ । 

Advertisement

यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।

साथै बैंकले कात्तिकमा साधारण बचततर्फ सबै खातामा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । यसअघि सबै बचत खातामा सोही ब्याजदर कायम थियो ।
 

Advertisement

Advertisement