काठमाडौं । कृषि विकास बैंकले कात्तिक महिनाका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर घटाएको छ ।
बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिनेछ ।
यसअघि बैंकले असोजमा व्यक्तिगततर्फ अधिकतम ६.०७२२ प्रतिशत र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याज दिएको थियो ।
त्यसैगरी बैंकले असोजका लागि साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ४.२६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।