पृथ्वी अवलोकनका लागि चीनले अन्तरिक्षमा पठायो नयाँ उपग्रह प्रक्षेपण

Advertisement

एजेन्सी । नयाँ आविष्कारमा चीनले तीब्रता दिएको छ । बुधबार मात्र चीनले पृथ्वी अवलोकनका लागि नयाँ उपग्रह प्रक्षेपण गरेको हो ।

उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट नयाँ पृथ्वी अवलोकन उपग्रह अन्तरिक्षमा पठाएको हो । उक्त उपग्रहलाई गाओफेन–१२–०५ नाम दिइएको छ ।

Advertisement

स्याटेलाइट लङ मार्च–४सी क्यारियर रकेटद्वारा २३ः४६ (बेइजिङ समय)मा प्रक्षेपण गरिएको थियो । यसलाई भूमि सर्वेक्षण, शहरी योजना, सडक सञ्जाल डिजाइन, बाली उत्पादन अनुमान र विपद् राहत लगायतका विभिन्न क्षेत्रमा प्रयोग गरिनेछ ।

Advertisement

Advertisement