कारोबारसँगै आजपनि नेप्से सूचक ४३ अंकमाथिले बढ्यो

Advertisement

काठमाडौं । आजपनि सेयर बजार परिसूचक नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । अघिल्लो दिन ३० अंकले बढेर झण्डै २७ सयको विन्दुमा पुगेको नेप्से सूचक आज थप ४३.२२ अंकले बढ्दै २७४२.८८ विन्दुमा उक्लिएको हो । 

उसो त आज कारोबार रकमका समेत वृद्धि हुँदै ५ अर्ब ६६ करोड रुपियाँ बराबरको एक लाख ३२ हजार बढी कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । अघिल्लो दिन ३० अंकले नेप्से सूचक बढेको बजारमा ३ अर्बको कारोबार भएको थियो । 

Advertisement

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ३.४४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक २.१३ प्रतिशतले बढेको छ । 

आज २०६ वटा कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३५ वटाको मात्र घटेको छ । ३ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

Advertisement

Advertisement