शिवम् होल्डिङ्सले पारित गर्यो रु. ११ करोड ६० लाख नगद लाभांश

Advertisement

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिव ८५ प्रतिशत शेयर लगानी रहेको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेड, काठमाडौंको आज सम्पन्न आव २०८०।०८१ को बार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । 

कम्पनी सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा बसेको बार्षिक साधारण सभाले कम्पनीमा हाल कायम शेयर धनीहरुलाई रु.११,६०,००,०००। (एघार करोड साठी लाख रुपियाँँ) नगद लाभाँस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

Advertisement

साथै आव २०८०।०८१ को बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन विवरण पारित गर्दै  कम्पनीको आव २०८१।०८२ को लेखापरक्षिण गर्न लेखापरक्षिकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका सबै प्रस्तावहरु माथि छलफल गरी साधारण सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ । 

शिवम् होल्डिङ्स लिमिटेड कम्पनीले नेपाल कै सबै भन्दा ठूलो उत्पादन क्षमता भएको चिनीया विदेशी लगानी समेतबाट स्थापना भई पूर्ण क्षमतामा संचालनमा रहेको होड.शी शिवम् सिमेन्ट प्रा. लि.को उद्योगमा ३० प्रतिशत शेयर लगानी गरेको छ । उक्त उद्योगका अलावा अन्य पूर्वाधार निर्माण र जलविद्युत परियोजनाहरुमा समेत लगानी गर्नका लागि प्रारम्भिक सम्झौता गरी लगानी विस्तार र लगानी विविधिकरणका योजनाहरु अगाडी बढाइएको छ । 

त्यसैगरी यस शिवम्होल्डिड.ग्स लिमिटेड कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबर हुन आउने शेयरहरु सर्वसाधारणहरुलाई नेपाल धितोपत्र वोर्डको स्वीकृति लिई प्रिमियम मूल्यमा सार्वजनिक निष्कासन गर्नाका लागि नेपाल धितोपत्र वोर्ड समक्ष निवेदन दर्ता गरिसकेको छ । 

Advertisement

Advertisement