प्रभु बैंकको ३ लाख ६९ हजार कित्ता शेयर बिक्रीमा

Advertisement

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

बैंकले विभिन्न ९ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल ३ लाख ६९ हजार ८५ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

Advertisement

यो शेयर जोकोही व्यक्ति वा संस्थाले खरिद गर्न पाउनेछन् । यसअघि बैंकले विद्यमान शेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको थियो । तर तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।

इच्छुक खरिदकर्ताले आवश्यक कागजातसहित आजका मितिले १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्नेछ । 

Advertisement

Advertisement