आजको मौसम : कोशी, बागमती र गण्डकीमा चट्याङसहित पानी पर्ने

Advertisement

काठमाडौं । अहिले देशका कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

Advertisement

कोशी , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा  बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

Advertisement

Advertisement