दशैं लगत्तै २३ अर्ब ४९ करोड आन्तरिक ऋण उठाउँदै सरकार

Advertisement

काठमाडौं । सरकारले कात्तिक ६ गते २३ अर्ब ४९ करोड रुपियाँ आन्तरिक ऋण उठाउने भएको छ । अल्पकालिन ऋणको रुपमा सरकारले ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउने भएको हो । 

आइतबार एक सूचना जारी गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले कात्तिक ५ गते ट्रेजरीको बोलकबोल हुने र कात्तिक ६ गते जारी (बिक्री) गरिने जनाएको छ । 
सूचना अनुसार २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिममा कूल २३ अर्ब ४९ करोड रुपियाँ उठाइनेछ । तथापि, २८ दिनका लागि ५ अर्ब रुपियाँ बराबरको नयाँ ट्रेजरी बिल बिक्री गरिनेछ भने बाँकी १८ अर्ब ४९ करोड रुपियाँ बराबरको पुरानै ट्रेजरीको नवीकरण गरिनेछ । 

Advertisement

इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक ५ गते अर्थात् सोमबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।यसअघि सरकारले असोज २१ गते (दशैंअघि) १६ अर्ब रुपियाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

Advertisement

Advertisement