काठमाडौं । राष्ट्रिय स्तरका ८ वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको २ महिना अर्थात भदौ मसान्तसम्म १ अर्ब ६२ करोड ९९ लाख रुपियाँ नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार मुक्तिनाथ विकास बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । मुक्तिनाथले सबैभन्दा बढी ३२ करोड ५८ लाख नाफा कमाएको हो ।
त्यस्तै बढी नाफा कमाउनेमा गरिमा विकास बैंक दोस्रो देखिएको छ । उक्त बैंकले २८ करोड ८९ लाख र तेस्रो स्थानमा रहेको शाईन रेसुङ्गाले २१ करोड ५४ लाख नाफा कमाएको छ ।
त्यसैगरी ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवाले १७ करोड ६९ लाख, महालक्ष्मीले १७ करोड १४ लाख, सांग्रिलाले १४ करोड ३० लाख र सबैभन्दा कम लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपियाँमात्रै नाफा कमाएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।