काठमाडौं । इन्टरनेट सेवाप्रदायक दुई कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।
लाइसेन्स खारेज हुनेमा सी डाटा कम्युनिकेसन प्रालि (वीरगन्ज) र लाइफ नेट प्रालि (सुर्खेत) रहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट (इमेलसहितको) सेवा सञ्चालन गर्न अनुमति लिएको सी डाटाले शर्तबमोजिम सेवा सञ्चालन नगरेको तथा लाइफ नेटले तोकिएको समयावधिभित्र लाइसेन्स नवीकरण नगरेकाले लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।
सी डाटाको कात्तिक २ र लाइफ नेटको भदौ ३० गतेदेखि लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ ।
साथै, प्राधिकरणले लाइफ नेटललाई सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमबारे ३० दिनभित्र कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।