कुलेखानी फाखेल-सिस्नेरी सडक पुनः सञ्चालनमा
फाइल तस्बिर

Advertisement

मकवानपुर । कुलेखानी फाखेल-सिस्नेरी सडक आजदेखि पुनः सञ्चालनमा आएको छ । 

हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो । 

Advertisement

कुलेखानी सडकअन्तर्गत सिमखोलाको सडक तीन दिनअघि मर्मतसम्भार गर्न र ह्युम पाइप बिछ्याउन यातायात सञ्चालनमा रोक लगाइएको थियो । हेटौँडाबाट काठमाडौँतर्फ हलुका सवारीसाधनलाई त्रिभुवन राजपथको दामन, पालुङ, चित्लाङ हुँदै थानकोट जान एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता तथा प्रहरी नायब उपरिवेक्षक श्यामु अर्यालले बताए । 

काठमाडौँबाट हेटौँडातर्फ आउने सवारीसाधनलाई एकतर्फी कान्तिलोकपथ र दक्षिणकाली सिस्नेरी सडक भएर सञ्चालनमा ल्याइएको छ । अब नियमित रुपमा हलुका सवारीसाधन  भीमफेदी, कुलेखानी सडकअन्तर्गत पर्ने फाखेल, सिस्नेरी र चखेल, मातातीर्थ एवं कान्तिलोकपथबाट सञ्चालन गरिने प्रवक्ता अर्यालले जानकारी दिए । 

Advertisement

Advertisement