काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म प्रभु बैंकको खुद मुनाफामा सामान्य वृद्धि भएको छ । आज प्रकाशित बैंकको उक्त अवधिको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद मुनाफा शुन्य दशमलव ६२ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा प्रभु बैंकले एक अर्ब चार करोड छ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब तीन करोड ४२ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
सञ्चालन मुनाफा घटेका कारण बैंकको खुद नाफामा नगन्य वृद्धि भएको हो । पहिलो तीन महिनामा बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ९.६४ प्रतिशत बढेको छ ।
प्रभु बैंकको कुल सञ्चालन आम्दानी ५.९५ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.९२ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा तीन करोड ४७ रुपियाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५९ पैसा रहेको छ।
प्रभु बैंकको प्रतिशेयर आम्दानी आम्दानी ११ पैसा बढेर १७ रुपियाँ ६८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५९ रुपियाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.९९ गुणा रहेको छ ।
तीन महिनामा जगेडा कोष ९.४३ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको निक्षेप ०.३२ प्रतिशत र कर्जा तथा सापटी १.१७ प्रतिशत घटेको छ।