दुई अर्ब १९ करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपियाँ बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपका रुपमा राख्न लागि बैंकहरूसँग प्रस्ताव माग गरेको छ  । 

Advertisement

राष्ट्र बैंकले वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, राष्ट्रियस्तरका विकास बैंकमा ३२ करोड ८५ लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थामा १० करोड ९५ लाख रुपियाँ निक्षेप जम्मा गर्ने जनाएको छ। 

राष्ट्र बैंकका अनुसार आगामी कात्तिक १४ गते देखि लागू हुने गरी २०८२ वैशाख १५ गतेसम्म १८१ दिनका लागि मुद्दती निक्षेपका रुपमा जम्मा गरिनेछ । 

इच्छुक बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित कात्तिक ८ गते साँझ ७ बजेसम्म प्रस्ताव पेश गर्न सक्नेछन् । 


 

Advertisement

Advertisement