काठमाडौं । कामना सेवा विकास बैंकको अधिकांश सूचकमा प्रगति देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकले १७ करोड ४९ लाख ७९ हजार रुपियाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४६.४० प्रतिशतले बढी हो । गत आवमा बैंकले ११ करोड ९५ लाख २१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ५.६६ प्रतिशत बढेर ५१ करोड ८७ लाख पुगेको छ । गत आवमा बैंकको यस्तो आम्दानी ४९ करोड ९ लाख रुपैयाँ थियो ।
असोज मसान्तसम्म बैंकको सञ्चालन नाफा ४२.५६ प्रतिशत बढेर २५ करोड ६७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको वितरणयोग्य नाफा २० करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.९६ प्रतिशत पुगेको छ ।
पहिलो त्रैमाससम्म ३ अर्ब ५१ करोड ८ लाख चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६९ कोड ३२ लाख, निक्षेप संकलन ६० अर्ब ७५ करोड ५३ लाख र कर्जा लगानी ३.१० प्रतिशतले बढेर ४७ अर्ब ४० करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।
साथै, समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९.९४ रुपियाँ छ भने प्रतिशेयर नेटवर्थ २३.७४ रुपैयाँ रहेको छ ।